डिएफआइडि का एशिया क्षेत्रिय निर्देशक र मुख्यमन्त्री शाही बिच भेटबार्ता


विकास र समृद्धि प्रमूख एजेण्डावैशाख ११, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकियसँगै आफुहरुको एकमात्र एजेण्डा विकास र समृद्धि रहेको वताउनुभएको छ । वेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID) का एशिया क्षेत्रिय निर्देशक Richard Muntgomery विच मंगलबार प्रदेश मुख्यालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मख्यमन्त्री शाहीले यस्तो बताउनु भएको हो ।

वेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID) ले सिमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको वताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । तुलानात्मक रुपमा नेपालका अन्य प्रदेशहरु भन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको वताउदै उहाँले भौतिक पुर्वाधारका क्षेत्रमा अन्तराष्ट्रिय सहयोग आवश्यक रहेको वताउनुभयो । कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रहेकोमा जोड दिदै मुख्यमन्त्री शाहीले भन्नुभयो–‘हामीसंग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार संभावना छ, यसको व्यवस्थित परिचालन गरि समृद्धि हाँशील गर्न अहिले आर्थिक श्रोतको जरुरी छ ।’

भेटवार्तामा कर्णाली प्रदेशका दुई जिल्लामा सडक नपुगेको, धेरै जिल्लामा विद्युतिकरण वाँकी रहेको वताउदै मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधारको विकासलाई आफनो सरकारले पहिलो प्राथमिकतामा राखेको वताउनुभयो । उहाँले कर्णाली प्रदेशको विकासका लागि सवै राजनीतिक दल र जनता एकतावद्ध भएकोले दातृ निकायलाई काम गर्न अनुकुल वातावरण रहेको वताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सर्वसम्मतिमा आफुहरुले प्रदेशको नाम र राजधानी तोक्न सफल भएको वताउदै कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण रहेको वताउनुभयो । भेटवार्ताका क्रममा वेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID) का एशिया क्षेत्रिय निर्देशक Muntgomery ले आफुहरु प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको वताउनुभयो । उहाँले कर्णाली प्रदेशमा वेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID) ले गर्दै आएको सहयोगमा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशमा अरु दातृ निकायहरु पनि काम गर्न ईच्छुक रहेको वताउदै प्रदेश सरकारले चाहेमा आफु विकास साझेदारहरुको वैठकको आयोजना गर्न तयार रहेको वताउनुभयो । पछिल्ला वर्षहरुमा नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति गरेको वताउदै निर्देशक Muntgomery ले खुशी व्यक्त गर्नुभयो ।

भेटवार्तामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल, भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, पर्यटन मन्त्री नन्दसिंह बुढा, वेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID) का नेपाल प्रमुख Rurik Marsden, Siman Lukas लगायतको सहभागिता रहेको थियो ।