मानव सेवा युवा परिवार कर्णाली प्रदेश गठन


१८ मंसिर,सुर्खेत।
मावन सेवा युवा परिवार कर्णाली प्रदेश समिति गठन गरिएको छ । मानवसेवा आश्रम सुर्खेतले मानव सेवा प्रवद्र्धन गरी मानवीय सेवामा युवा सहभागीता बढाउने उद्देश्यले स्वाथ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र कुमार थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

समितको सह सहयोगजकमा मनिषा कौशल, सदस्यहरुमा अग्नी अधिकारी, बिन्दु अधिकारी, पुष्पा भण्डारी र सबिता धामी रहेका छन । संयोजक थापाले युवा परिवारमा तत्तकाल एक सय सदस्य बनाइने र समितिलाई जिल्लामा बिस्तार गरी यस समुहमा प्रदेशका ३० हजार युवालाई सहभागिता गराइ मानवीय सेवामा उत्प्रेरित गराइने बताए । उनले युवा परिवार मार्फत विपन्न , असाय अशक्त , अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्ने जानकारी दिए । मानवीय सेवामा रुची राख्ने युवाहरुले युवा परिवारको सदस्य बन्न सक्ने उनको भनाई छ । प्रदेशमा एक सय जना मानवसेवी समुह निर्माण गर्ने उनले जानकारी दिए । मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सहभागितामा मानवसेवा युवा परिवार गठन गरिएको हो ।