साँग्रिला डेभलपमेन्ट बैंकको वित्तिय साक्षरता कार्यक्रम


९ कार्तिक, सुर्खेत ।  साँग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज कार्तिक ९ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर ३ स्थित जनहितकारि सहकारी संस्था काे हलमा करिव १ सय विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई बित्तिय साक्षरताको महत्व तथा उद्देस्यका बारेमा शाखा प्रबन्धक सुरेन्द्र बिष्टले प्रशिक्षण दिनुभएको छ । नेपालगन्जबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रिय कार्यालय स्तान्तरण गरेको बैंकले देशभर ९८ वटा शाखा कार्यालय तथा ३१ वटा यटियम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सुर्खेतमा सेवाग्राही काे चापलाई मध्यनजर गर्दै चाडै नै यरिचाैक शाखा पनि खुल्दै छ ।  कार्यक्रममा पछिल्लो समय बैकले सर्बसाधारणका लागि उपलब्ध गराउने सरल कर्जा प्राप्त गर्ने तरिका र बचत हरूकाे को बारेमा जानकारी प्रदान गरिएको बैकका कर्मचारि बिरेन्द्ररावत ले बताउनुभयो ।