खानेपानीमा लगानी बालुवामा पानी नेतृत्व लिदै स्थानीय सरकार


७असार कालीकोट / मनिराज पाण्डे

संघ, प्रदेश र पुर्व सरकारले खानेपानीका लागि वडा नं. ७ र ८ मा गरिएको लागनी बालुवामा पानी भएको स्थानीयले आरोप लगाएका छन् । वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिले आयोजना गरेको जलकचहरी कार्यक्रमा स्थानीयले पुर्व सरकारको लगानी बालुवामा पानी भएको बताएका हुन् ।

स्थानीय गाउँ बस्तीमा खानेपानीको जटिल समस्या देखिएपछि स्थानीय सरकारले अबको एक बर्ष भित्र खानेपानी समस्या समाधान गर्ने आवश्यक कार्य थालनी गरिसकेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले बताउनु भयो । पहिलेका आयोजनाहरु पहुँचको आधारमा आउने र मिलोमोतोमा आयोजनानै खाने समस्या यसै बर्ष बाट अन्त्य गरिने गाउँपालिका अध्यक्ष बमले बताउनु भयो ।

बर्षौ पहिले देखि खानेपानी योजना आउने गरेको भएभनि स्थानीयले भोक्दै आएको खानेपानी समस्या भने जस्ताको तस्तै रहेको वडा नं. ७ का अध्यक्ष ब्रर्जबहादुर बमले बताउनु भयो । २०३६ बाट सुरुगरिएको खानेपानी हुपीगाड दुधदाना पारौटी खानेपानी आयोजना अझै पुरा हुन सकेको छैन । प्रत्येक घरधुरीले नगद र जनश्रमदान गरी १० लाख भन्दा बढी खर्च गरी सकेका छन् अझै शुद्ध खानेपानी नपाएको वडा नं.७ का स्थानीय पलबहादुर बम बताए । बर्षेनी आउने खानेपानी आयोजनामा जो उपभोक्ता समिति मा भयो उसैले पैसा खाने कार्य नगर्ने समस्या आएकाले स्थानीय खानेपानी बाट बन्चीत भएको वडा नं. ८ का अध्यक्ष पटक बहादुर बमले बताउनु भयो । खानेपानी पानी समस्या समाधानका लागि पलाँता ७ र ८ ले ९ बुदे प्रतिबद्धता पत्र समेत जारी गरेको छ ।


पलाँता दुर्गम र विकासका दृष्टीकोणले पछाडी पढेको भनेर चिनिनुको मुख्य समस्या खानेपानी सरसफाइ र स्वच्छता भएकाले यो समस्या गाउँपालिकाले यसै बर्षको नीति तथा कार्यक्रमबाट समाधान गर्ने पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो । पलाँतागाउँ पालिका र वाटर एडको सहयोगमा वडा समितिलेले आयोजना गरेको जलकचहरीको सहजिकरण किर्डाक नेपालले गरेको थियो । वडा नं. ७ को पारौटीमा खानेपानी भर्नकै लागि धारामै रात कुर्नु पर्ने स्थानीय कार्तिके बमले बताइन् । खानेपानी समस्या समाधानका लागि आयोजना गरिएको जलकचहरीले गाउँपालिको र वाटर एकको आर्थिक सहयोग किर्डाक नेपालको सहजिकरणमा गाउँपालिकाको नीति अनुरुप एक घर एक धारा कार्यक्रम अघिबढाउने तयारी गरेको छ । स्थानीय सरकारले आगामी बर्ष भित्र पलाँताका सबै घरधुरीमा शुद्ध र गुणस्तरिय खानेपानी पु¥याउने लक्ष्य राखेपनि भौगोलिक विकटता, खानेपानीका मुहान टाढा हुनु, दक्ष प्राविधिकको अभाव, कडा चट्टान लगायतका समस्या रहेकाले पालिकाले ठुलो आर्थिक ब्यायभार बेर्होनु पर्ने देखिन्छ ।