आदिवासी जनजाति आयोग नेपालकालागि महत्वपूर्णः प्रदेश प्रमुख परियार (भिडियोसहित)


१२ बैशाख, सुर्खेत । आदिवासी जनजाति आयोगका अध्यक्ष सुर्य बहादुर गुरुङ्गले आज कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष आयोगको कार्य प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिवेदनमा आदिवासी जनजाति अधिकार र दिगो कार्य योजना २०७९ तयार गरी नेपाल सरकारलाई सिफारिस गरिएको, जनजाति आयोगले  दोश्रो र तेश्रो बार्षिक प्रतिवेदनमा विभिन्न क्षेत्र संग सम्बन्धित सुधारका विषयहरु तिनै तहका सरकारलाई सिफारिस गरिएको, आदिवासी जनजातिको सहभागिता बृद्धि गरि राष्ट्रिय विकासमा योगदान पुर्याउन निती तथा कार्यक्रम र बजेट मार्फत कार्यान्वयन गर्न तिनै तहका सरकारलाई सिफारिस गरिएको, आदिवासी जनजाति ज्ञान सम्मेलन (२०७९ मंसीर) सम्पन्न र “आदिवासी जनजाति अध्ययन” २०७९ प्रकाशन गरिएको, आदिवासी जनजाति नमूना साँस्कृतिक सम्पदा गाँउ छनौट र जातिय खुल्ला-जीवन्त संग्रहालय स्थापना र संचालन कार्यविधी, २०७९ नेपाल सरकारलाई सिफारिस गरिएको । उल्लेख रहेको छ ।


प्रतिवेदन बुझ्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिवेदनलाई प्रदेश सरकार मार्फत सदनमा छलफलकालागि पठाइने बताउनुभयो । उहाँले “आदिवासी जनजाति आयोग नेपालकालागि अति नै महत्वपूर्ण आयोग रहेको छ । जुन तरिकाले आयोगले आफ्नो गतिविधी अगाडी बढाउनुपर्ने हो तर आवश्यकता अनुसारको प्रभावशालि अलि कम रहेतापनि आदिवसाीहरुको जनसंख्या धेरै रहेकोले पनि यस्को महत्व ठूलो छ । लोपोन्मुख आदिवासी राउटे जाति यही कर्णालीमा रहेकोले त्यस्को निम्ति पनि केही पोलिसि बनाएर सरकारलाई दिन विषेश आग्रह गर्दछु ।”