अविरल ढकाल, जुम्ला
माघ ४
जुम्ला पातारासी गाँउपालिकाका स्थानियहरु अहिले निगालोको डोको बुनेरै अहिले जीवन गर्ने राम्रो माध्यम बनेको छ ।
एकै विहान बुनेको निगालोको डोको बेच्न गाउँका विभिन्न वडामा पुगेकी रत्नकली कामीले भनिन्, घर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारणले डोको बुनेर वेच्ने व्यवसाय अंगालेको बताइन् । खानपानको व्यवस्थापन गर्नकै लागि भएपनि कालापहाड नगई हुन्थेन, तर पछिल्लो समयमा स्थानियले डोको वुनेर वेच्ने व्यवसाय थालेपछि घर्रखर्च गाउँमै जुट्न थालेको छ । निगालो ल्याउन १ दिनको बाटो हिड्नु पर्ने कामीले भनिन् ।
पहिला हामी कालापहाड जान्थ्यौ केवल पेट पाल्ने काम मात्र हुन्थ्यो, कालापहाडमा सेप्टी ट्यांकी सफाइको काम गर्नु भन्दा आफ्नो घर गाँउमा बसेर डोको बुन्दा फाइदा भएको छ । एक वर्ष कालापहाडमा गएर कमाएको धन आफुलाई मात्र हुन्छ । आते जाते र खातेमा नै सकिन्छ, त्यसैले गाँउमै निगालाको डोको बुन्ने पेशा अंगाले पछि घर खर्च चलेको बताउँदै महाकवि देवकोटाले लेखेको महाकाव्य मुनामदनको वाक्याङ्स “हातको मैला, सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्द मनले” सम्झिदै अहिले सन्तोषले खान पाइएको छ । यदि कालापहाडमा गएको भए घरको सुर्ताले मन पिरल्ने गर्थ्याे तर गाँउ घरमा आनन्द मनले दुःख र सुख जे भए पनि परिवार संगै बस्न पाइएको कामीले आफ्नो कथा सुनाए ।
त्यस्तै पातारासी गाँउपालिकाका अर्की आइतु कामीले भनिन्, खेतिले छ महिना सम्म पनि खान पुग्दैन बाँच्नको लागि भए पनि त केही गर्नु पर्यो त्यसैले पुर्खाको पेशा अंगालेर घर परिवार पाल्दै आएको छु । श्रीमानले घरमा डोको बनाउनु हुन्छ, हामी महिला बनाएको डोको बेच्नको लागि गाँउ घरमा जान्छौ । निगालो बाट बनाएको डोको ढुंगा बोक्ने, माटो बोक्न, पानी बोक्ने, घाँस, दाउरा र स्याउला बोक्नको लागि प्रयोग गरिने कामीले बताईन् ।
निगालोबाट घरको छानो छाउनुका साथै डोको, डालो, सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन । प्रत्येक घर परिवारले यो व्यवसाय रोजेको र एउटै डोको बाट हजार रुपैयामा बिक्री हुने गरे पछि अहिले वार्षिक १ लाख देखि ३ लाख रुपैँया सम्म आम्दानी गर्ने गरेका छन । स्थानियले बनाएका निगालाका सामाग्री पातारासी गाँउपालिकामा नै खपत हुने गरेको पाइएको छ ।



Prawash Kumar Shakya । ४ माघ २०७४, बिहीबार १४:५९ बजे