
२६ माघ । सुर्खेत । प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव आजदेखि ६ नं. प्रदेशको अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।
६ नं. प्रदेश प्रमुख दुर्गाकेसर खनालले उद्घाटन गरेको आजबाट शुरु भएको महोत्सव फागुन ८ गतेसम्म संचालन हुने छ ।
६ प्रदेशमा रहेको जलस्रोत, कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशस्तरीय महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक पदमबहादुर शाहीले बताए ।
महोत्सवमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १५ करोड बराबरको कारोबार हुने अनुमान भएको महोत्सवका संयोजक शाहीले जानकारी दिए ।
महोत्सवमा वीरेन्द्रनगर १४ गढी (गोठीकाँडा) बाट प्याराग्लाइडिङ्गको व्यवस्था पनि आयोजकले गरेको छ ।



Prawash Kumar Shakya । २६ माघ २०७४, शुक्रबार १६:०६ बजे