१३ वर्षपछि जय भोलेमा अशोक शर्मा


चलचित्र ‘जय भोले’ बन्ने भएको छ । यहि चलचित्र मार्फत एक समयका चर्चित निर्देशक १३ वर्ष पछि निर्देशनमा फर्किएका छन् । पछिल्लो पटक ‘यो मायाको सागर’ निर्देशन गरेर निर्माणमा मात्रै आफूलाई सीमित राखेका अशोक शर्मा यहि चलचित्र मार्फत निर्देशनमा पर्किने भएका हुन् ।

खगेन्द्र लामिछानेको पटकथामा अशोकले बिहीबार चलचित्र ‘जय भोले’ को निर्माण घोषणा गरेका छन् । दुई युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई समेटिएको यो चलचित्रमा खगेन्द्र र सौगात मल्ल भावनात्मक प्रेम दर्शाउन शिर्ष भूमिकामा देखिने छन् ।

फागुन १ गते शिवरात्रिदेखि झापा, इलाममा ३५ दिन लगाएर छायांकन हुने भनिएको ‘जय भोले’ आगामी दसैंको फूलपातीमा रिलिज गरिने बताइएको छ । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माण टिममा रहेको चलचित्रको छायांकन पुरुषोत्तम प्रधान, सम्पादन राजु ढुंगाना, नृत्य वसन्त श्रेष्ठ र द्वन्द्व निर्देशन रोशनविक्रम भट्टराईको रहने बताइएको छ ।

कमेडी सोसल ड्रामामा बनाइने भनिएको फिल्ममा बुद्धि तामाङ, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र अशोक शर्मासमेतकलाकारका रूपमा रहेका छन् ।

साभारः कान्तिपूरसाप्ताहिक