अभिनेता पल शाहले पाए सफाई


१४ फागुन, काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई उच्च अदालत पोखराले सफाई दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता शाहालाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

अभिनेता शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिनुभएको छ । यस्तै अभिनेता शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।