६ नं. प्रदेशका मन्त्रीहरुले लिए सपथ


फोटोः सन्तोष श्रेष्ठ

६ नं. प्रदेश मन्त्रीपरिषद् विस्तार भएपछि आज सपथ ग्रहण सम्पन्न भएको छ । मन्त्रीपरिषदमा ६ जना मन्त्रीहरु रहेका छन् ।

मन्त्रीपरिषदमा माओवादीका तर्फबाट नरेश भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएकाछन् भने विमला केसी  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी छन् ।

त्यस्तै एमालेबाट प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, खड्क खत्री भौतिक पूर्वाधार विकास मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र दलबहादुर रावल सामाजिक विकास मन्त्री मन्त्री भएका छन् ।

प्रदेश मन्त्रीहरुलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।