बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु


२० माघ, काठमाडौं ।

भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।

रेलका नौ डिब्बा लिकबाट उछुटि्टएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् ।

धेरै यात्रुहरु डिब्बामा फसेका थिए उनीहरुलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको छ । साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् । रेल दुर्घटनाको कारण भने खुलेको छैन ।

रेलवे विभागले मृतकका परिवारलाई जनही पाँच-पाँच लाख रुपैयाँ, गम्भीर घाइतेलाई एक-एक लाख रुपैयाँ र सामान्य घाइतेको निःशुल्क उपचारको घोषणा गरेको छ । अनलाइनखबरबाट