
सुर्खेत– प्रदेश नम्बर ६ को आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले २१ वटा निर्णय गरेको छ ।
आइतबा नै बिस्तार भएको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण २१ वटा निर्णय गरेको हो ।
मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु यस प्रकार छन्
१) सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण ।
२) प्रदेश सरकारको लागि सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी नियमावली २०७४ स्वीकृत ।
३) प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०७४ स्वीकृत ।
४) प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ स्वीकृत ।
५) पर्यटन प्रवद्र्धनद्वारा प्रदेश समृद्धिका लागि रारा—कर्णाली पर्यटन महोत्सव २०७५ मनाउने ।
६) वातावरणमैत्री हरित सँग अर्थतन्त्र जोड्ने ।
७) गरिब जनताको धन, जडिबुटी वन्यजन्तु र वन ।
८) रैथाने बालीको संरक्षण गर्दै अर्गानिक प्रदेशको आधार खडा गर्ने ।
९) भू–उपयोग नीति निर्माण गरी बस्ती विकासलाई व्यवस्थित गर्ने ।
१०) व्यवसायिक खेती प्रणालीको प्रोत्साहन, उच्च मूल्य कृषि वस्तुको उत्पादनमा जोड ।
११) एक समूह एक सहकारी, एक सहकारी एक उत्पादन नीति लिएर काम गर्ने ।
१२) समृद्ध प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरणको निर्माण गर्ने ।
१३) डिजिटल प्रदेश बनाउने ।
१४) जनतासँग मुख्यमन्त्री कार्यक्रम ।
१५) प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने । केन्द्र सरकारको नीतिलाई यथाशीघ्र कार्यान्वयनमा लिने ।
१६) एक गाउँपालिका एक घरेलु उद्योग सञ्चालन गर्ने ।
१७) ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम सञ्चालन गर्ने ।
१८) प्रदेशका हुम्ला र डोल्पा जिल्लामा यथासिघ्र सडक पुर्याउन पहल गर्ने, उत्तर चिन जोड्ने तीन वटा नाका खोल्ने ।
१९) बृहत् नागरिक लगानी कोषको स्थापना गर्ने ।
२०) समृद्ध प्रदेशका लागि शान्ति, सुरक्षा कार्यक्रम लागू गर्ने ।
२१) प्रदेश सरकारको प्रबक्तामा विमला केसीलाई नियुक्त ।



Milan Shrestha । ७ फाल्गुन २०७४, सोमबार ०६:२३ बजे