कैदीलाई फलफुल बितरण



कालिकोट फागुन ७ गते ।
नेपाल तरुण दल कालिकोटले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारमा रहेका कैदी बन्दस्हरुलाई फलफुल बितरण गरेको छ । नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमाल तथा नेपाली कांग्रेसका पूर्व इलाका सभापती शुमनबहादुर शाहीको नेतृत्वमा गएको तरुण युवाहरुको टोलीले जिल्ला कारागार कालिकोटको बन्दीगृहमा रहेेका कैदी बन्दीहरुलाई फलफुल बितरण गरेको हो ।

नेपाल तरुण दल जिल्ला कार्य समिति कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमाल, नेपाली कांग्रेसका पूर्व इलाका सभापती सुमनबहादुर शाहीले जिल्ला कारागारका चौकिदार लक्ष्मणबहादुर शाहीलाई फलफुल हस्तान्त्रण गर्दै प्रजातन्त्र दिवसको शुभकामना आदान प्रदान गरे ।

नेपाल तरुण दल जिल्ला कार्य समिति कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमालले पछिल्लो समय युवाहरु बिभिन्न प्रकारका कुलतमा नलाग्न प्रेणा दिन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन तथा प्रजातन्त्र दिवसका दिन बन्दी गृहमा रहेका कैदीबन्दीहरुसँग शुभकामना आदान प्रदान गर्न कारागारका कैदी बन्दीहरुलाई फलफुल बितरण गरि प्रजातन्त्र दिवस मनाएको बताए । उनले नेपाली जनताको ठुलो बलिदानीका कारण नेपालमा प्रजातन्त्र आएको बताउदै प्रजातन्त्रको उदय पछि नेपालमा नागरिकहरु अधिकार सम्पन्न भएको बताए ।

जिल्ला कारागार कालिकोटका चौकीदार लक्ष्मणबहादुर शाहीले युवाहरुले दिएको फलफुल कारागारमा रहेका ५१ जना कैदीबन्दीहरुलाई बाँड्ने बताए । फलफुल बितरण कार्यक्रममा नेपाल तरुण दलका तिलागुफा नगरपालिकाका अध्यक्ष भरतबहादुर शाहीले युवाहरुललाई राजनीतिक गतिबिधिमा मात्र नभएर सामाजिक अभियानहरुमा पनि लाग्न सन्देश दिने उद्देश्यले प्रजातन्त्र दिवसका दिन कारागारमा रहेका कैदीबन्दीहरुलाई फलफुल बितरण गर्ने कार्यक्रमको आयोजना गरेको बताए । उनले अब तरुण दलले गाँउ गाँउमा बिभिन्न सामाजिक परिवर्तनका अभियानहरु पनि थाल्ने बताए ।