गुट उपगुटमा सिमित नहुन आग्रह
कृष्णराज धमाला
फागुन १३, सुर्खेत
नेपाली कांग्रेसका केन्द्रिय सदस्य ह्दयराम थानीले शिक्षकहरुका समसामयीक मुद्धा प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो । नेता थानीले शिक्षकहरु नै नेपाली कांग्रेसको मेरुदण्ड भएकाले शिक्षकहरुका जाहेज माग प्रति पार्टी सँधै सकारात्मक रहेको जिकिर गर्नुभयो ।
नेपाल शिक्षक संघ कर्णाली प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै पूर्ब गरीवि तथा सहकारी मन्त्री समेत रहेका थानीले शिक्षकहरुमा पनि बिभेद हुनु राम्रो नभएको भन्दै प्रदेश सरकारले शिक्षक शिक्षक बिचको बिभेद अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
संघका राष्टिय उपाध्यक्ष इलमबहादुर शाहीको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन समारोहमा बोल्ने सभासद हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठ, यज्ञ बिसि, अमृता शाही लगाएतका वक्ताहरुले शिक्षकहरु पेशा प्रति कटिबद्ध रहँदै जायज माग सम्बोधनमा जुटिरहन आग्रह गर्नुभयो । उहाँहरुले शिक्षकहरुलाई गुटउपगुटमा नलाग्न पनि आग्रह गर्नुभयो ।
उद्घाटन सत्र पछि सोमबार नयाँ नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न हुने राहत शिक्षक संघर्ष समिति प्रदेश ६ का अध्यक्ष बुद्धिसिंह बिष्टले जानकारी दिनुभयो ।




Milan Shrestha । १३ फाल्गुन २०७४, आईतवार १२:३७ बजे