२५ श्रावण, सुर्खेत । वीरेन्द्रनगर ६ सुर्खेत निवासी सन्जिवमान शाक्यले वीरेन्द्रनगर १० स्थित जन चेतना प्राथमिक विद्यालयमा ५० जना विद्यार्थीहरुकालागि शैक्षिक र सरसफाई सामाग्री प्रदान गर्नुभएको छ ।
शाक्यले आफ्नो जन्मदिनको अवसरमा उक्त सामाग्री प्रदान गर्नुभएको हो ।
मिठो सिकाई फाउण्डेसले त्यस विद्यालयको बारेमा जानकारी दिएपछि आफूले विद्यालयकालागि शैक्षिक सामाग्री केही खाजा र सरसफाई पनि जागरुक बनाउनकालागि विद्यालयका भाइबहिनीहरुलाई हात धुने पदार्थ र फोहर फाल्ने डस्टविनहरु विद्यालयलाई दिएको शाक्यले बताउनुभयो ।
“हरेक राम्रो काम को सुरुवात आफै बाट गरौ”।तपाईं हाम्रो सानो सानो सहयोग ले थोरै जना को मात्र भएपनि सानो सानो आवश्यकता पूरा हुन सक्छ त्यसैले आफुले जे जति र जस्तो सकिन्छ सहयोग गर्ने बानी बसालौ सहयोगी हातहरु अघी बढाउन मा कन्जुस्याइँ नगर्न शाक्यले सम्पूर्णमा अनुरोध समेत गर्नुभयो ।



Milan Shrestha । २५ श्रावण २०७५, शुक्रबार १४:४४ बजे