
३१ भाद्र । सुर्खेत-कोहलपुर सडक खण्डको हर्रे र बबई नजिक सुर्खेतबाट नेपालगंज तर्फ गइरहेको बा.४ ख १६२८ नम्बरको माईक्रो बस र नेपालगंजबाट सुर्खेत तर्फ आइरहेको से.१ख १४५३ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा १ महिने शिशुको मृत्यु भएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् भने माईक्रो बस चालक सहित ८ गम्भीर घाइते भएको र घाईतेहरुको उपचार नेपालगंजमा भैरहेको सुर्खेत जिल्ला ट्राफिकका प्रज मोहन कार्कीले बताउनुभयो ।



Prawash Kumar Shakya । ३१ भाद्र २०७४, शनिबार ११:५१ बजे