आयोग पुर्नस्थापनाको माग गर्दै सुर्खेतका भूमिहिनहरु आन्दोलित


३० श्रावण, सुर्खेत । सरकारले भूमि सम्वन्धी समस्या समाधान आयोग खारेज गरेपछि सुर्खेतका भूमिहिनहरु आन्दोलनमा उत्रिएकाछन् ।

सुर्खेत जिल्लाको गुठु, बावियाचौर, छिन्चु र वीरेन्द्रनगर लगाएको क्षेत्रमा करिब १४ हजार जना भूमिहिन तथा सुकुम्बासीहरु रहेका भूमि समस्या समाधान संघर्ष समितिका संयोजक बालकृष्ण सुनार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ”” “अघिल्लो सरकारको पालामा भूमिहिन तथा सुकुम्वासीहरुले भूमी पाउने आशामा बर्षौदेखि भोकचलन गर्दै आएको जग्गा आफ्नो नाममा आउने भएपछि फारम भरेको वेला वर्तमान सरकारले आयोग खारेज गरेपछि हामी आन्दोलनमा उत्रेका छौ ।”

संघर्ष समितिले भूमिहिनहरुलाई भूमि दिनेकाम अगाडी बढाइएको वेला विना कारण राजनिति प्रतिशोधका कारण आयोग खारेज गरिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । संयोजक सुनारकाले वर्तमान सरकारले तत्काल आयोगको पुर्नस्थापन गर्नुपर्ने र आयोगले गरेका सम्पूर्ण कामहरुको स्वामित्व लिनुपर्ने बताउनुभयो ।

स्थानीय मंगलगढी चोकबाट शुरु भएको विरोध र्रयालीले बजार परिक्रममा गरि जिल्ला प्रशासन कार्यालयमा गइ ज्ञापनपत्र बझाएको थियो ।