नेपाली कांग्रेस र राप्रपाले समर्थन नदिने


कृष्णराज धमाला
फागुन १५, सुर्खेत ।

नेपाली कांग्रेस र राप्रपाले कर्णाली प्रदेशको सरकारलाई समर्थन नगर्ने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा संसदीय दलका नेता शोसीला शाहीले सरकारको पक्षमा मतदान नगर्ने बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्वासको प्रस्ताव पेश गरेपछि सो प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै दुबै पार्टीका नेताले सो कुरा बताएका हुन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले लिखित सहमति गर्न नसकीने भन्दै कामका आधारमा सरकारलाई सहयोग हुनेमा जोड दिनुभयो । उहाँले मुख्यमन्त्री मुर्दावाद भनेर नारा लाउने अबस्थाको सृजना नगर्न आग्रह गर्दै प्रतिपक्षलाई वेवास्ता नगर्न आग्रह गर्नुभयो । सरकारलाई असयोग नभई सहयोग गर्नकालागि प्रतिपक्ष तयार रहेको भन्दै नेता शाहीले सहयोग लिने वातावरण सृजना गरी राख्न पनि अनुरोध गर्नुभयो ।

राप्रपा संसदीय दलका नेता शोसीला शाहीले सरकारको समर्थनमा मतदान नगर्ने भन्दै समृद्ध प्रदेश निर्माणमा आफ्नो सहयोग सँधै हुनेमा जोड दिनुभयो ।
संसदको पाँचौ वैठकमा छलफल जारी छ ।