बराहताल मेला शुरु हुदै ।


मिलन श्रेष्ठ
सुर्खेत, ९ फागुन ।
सुर्खेत जिल्लाको सबै भन्दा ठुलो ताल एवंम् जिल्लाकै पर्यटकिय स्थल बराहतालमा महोत्सव शुरु हुने भएको छ । बिगत लामो समय देखि संरक्षण र प्रचारप्रसार अभावका कारण थलिएको बराहतालको प्रचार–प्रसार एवंम् पर्यटकहरुको गन्तव्य स्थानको रुपमा स्थापना गर्ने उदेश्यका साथ उक्त महोत्सवको आयोजना गरिएको बराहताल गाउँपालिकाले जनाएको छ ।

आज (शुक्रवार) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिदै, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले, यही चैत २३ गतेदेखि शुरु हुन लागेको मेलामा करिव ३२ लाख बरावर खर्चको अनुमान गरिएको उक्त मेलामा वराहताल गाँऊपालिकाले २० लाख रुपैया दिने बताउनु भयो ।

बराहताल क्षेत्र भित्र सुर्खेतलाई मात्र नभई समग्र कर्णाली प्रदेशलाई नै चिनाउन सक्ने खालका ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थल भएको दाबी गर्दे, तरंगास्थित भेरी नदीको किनारमा हुने महोत्सवमा विभिन्न खेलकुद, नृत्य, लोक–दोहोरी गीत जस्ता प्रतियोगिताहरु गर्नुका साथै बराहतालको डकुमेन्ट्री समेत प्रदर्शन भएको छ , महोत्सव मार्फत प्रचार प्रसार गर्दै बराहतालमा पर्यटक भित्र्याउन उक्त महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।