
बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन १८ गते ।
एक मिनेटमा ४२ वटा शब्दहरु कन्ठ गरेर बिश्व रेकर्ड राखि गिनीज बुकमा नाम लेखाउन सफल मेमोरी किंङका रुपमा परिचित अर्पण शर्मा कट्टेलले कालिकोटका भण्डै २ सय जना भन्दा बढी युवाहरुलाई स्मरण शक्ति अभिबृद्धि सम्बन्धि तालिम दिएका छन् । छापाको भद्रपुरमा बुवा मोहन शर्मा कट्टेल र आमा खीना शर्मा कट्टेलका कान्छा छोरा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट सम्मानित मेमोरी किंङ अर्पण शर्माले शुक्रबार कालिकोट आएर कालिकोटे युवाहरुलाई स्मरण शक्ति अभिबृद्धि सम्बन्धि तालिम दिएका हुन् ।
एवान मिडिया सेन्टरको आयोजनामा प्रति व्यक्ति एक हजार देखी १ हजार ५ सय शुल्क लिईएको तालिममा कुनै पनि व्यक्तिले आफ्नो दिमागलाई कसरी सक्रिय बनाउने, आफ्नो नियन्त्रणमा कसरी राख्ने, कुनै पुस्तक नै एकै छिनमा कसरी स्मरण गर्ने लगायतका बिषयमा तालिम दिएका छन् । तालिम दिदै उनले भने, नेपालमा गलत शैक्षिक नीतिकै कारण झण्डै ५० प्रतिशत युवाहरुले डिप्रेशनको समस्या भोगी रहेको बताए । उनले अध्ययन गर्ने कुरा रटेर मात्र नहुने भन्दै कुनै पनि कुराको चित्रद्धारा वा भिडियो मार्फत अध्ययन गर्दा सहजै स्मरण गर्न सकिने बताए ।
उनले नेपालको संबिद्यानलाई पनि अक्षरस स्मरण गर्न सकिने बताए । धेरैजसो लोकसेवा आयोगको तयारी गर्ने बिद्यार्थीहरुलाई आफुले दिएको तालिमकै कारण सफलता मिल्ने गरेको उनको दाबी छ । बिद्यालयमा ५४ मिनेटको एउटा कक्षा सकिए लगत्तै अर्को कक्षा सुरु गर्ने परिपार्टीले बिद्यार्थीहरुको दिमागलाई तनाव मात्र दिने गरेको बताउदै एक कक्षा पछि न्यूनतम १५ मिनेट बिद्यार्थीलाई आरा मगर्न दिनुपर्ने उनको भनाई छ ।
उनले भने, योगा मार्फत हरेक व्यक्तिको दिमागलाई सक्रिय बनाउने, जुनसुकै बिषयलाई चित्र र भिडियो बनाएर बुझ्ने गर्दा मानिसको स्मण शक्तिमा दश गुणा बृद्धि हुन्छ । आफुले बर्षभरी बिद्यालय नजाने तर हरेक बर्ष बिद्यालयकै उत्कृष्ठ अंक ल्याउन गरेको सुनाउदै आफुले दिएका तरीकाहरु अपनाए कुनै पनि बिद्यार्थीले बर्षभरी बिद्यालय गईराख्न नपर्ने बताए । पढ्ने धेरै तरीकाहरु छन् । नियमित बिद्यालय गएर जति रटेपनि निकै राम्रो बिद्यार्थीले पनि राम्रो अंक ल्याउन नसक्ने उनको भनाई छ ।



Milan Shrestha । १८ फाल्गुन २०७४, शुक्रबार १४:०९ बजे