मेरो प्रदेश नम्बर छ बोलको गीत रेकर्ड


पर्यटन प्रवर्धनमा टेवा पुग्ने विस्वास

कृष्णराज धमाला
फागुन २२, सुर्खेत ।

मेरो प्रदेश नम्बर छ, मेरो सुन्दर कर्णाली
कर्णालीमा घुम्न बाइजाँउ बाजकली

प्राकृतिक सुन्दरताको अनुपम छटा कर्णाली प्रदेश, जल, जमिन, जडिबुटिको धनि कर्णाली प्रदेश, भाषा, सँस्कृति, साहित्यको भण्डार कर्णाली प्रदेश, तमाम् सम्भावनाहरुको खानी कर्णाली प्रदेश । यस्तैयस्तै असंख्य सम्भावनाहरु गीत, संगित मार्फत प्रचार प्रसार हुने भएकाछन् ।

कालीकोट जिल्लाको बिकट क्षेत्रका रुपमा चित्रित पलाँता गाउँपालिकाको खिन छलाँहामा जन्मिएका यूवा गायक तिलक बुढा कर्णाली प्रदेशको पर्यटन, धार्मीक महिमा र सबैको मन लोभ्याउने सुन्दरताको मेरो प्रदेश नम्बर छ बोलको गीतमा बयान गर्दैछन् । १० बर्ष अघि पचाल झरना एल्बम रेकर्ड गराएपछि सांगितिक क्षेत्रबाट हराएका बुढा कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा गीत संगितले पनि थप सहयोग पुग्छ भन्नेमा विस्वास गर्छन् ।

तिलक बुढा, गौरी भट्ट साथीहरुको आवाजमा रेकर्ड भएको गीतको संगित पनि बुढाकै छ भने शब्द कृष्णराज धमाला अपूर्ण र खगेन्द्र न्यौपानेले सृजना गर्नुभएको छ ।
सुर डिजिटल स्टूडियो डिल्लिबजार काठमाण्डौले उत्पादन गरेको सो गीतको रमेश सेन्चूरीले प्रबन्धकको भूमिका निर्बाह गरेकाछन् ।

कर्णाली प्रदेशको पर्यटन, धार्मीक, सामाजिक, साँस्कृतिक सम्भावनाको खोजी गर्दै रचना मार्फत प्रचार प्रसारमा पछिल्लो समयमा यूवाहरु आकर्षित भएर लागि रहेकाछन् ।