स्मृति दिवसको अवसरमा विरामीलाई फलफूल वितरण


भाद्र १०, कालीकोट ।

नेपाल महिला संघका संस्थापक स्वर्गीय मंगलादेबि सिंहको २२ औं स्मृति दिबसको अबसरमा जिल्ला अस्पताल कालीकोट उपचार गराइरहेका बिरामीहरुलाई फलफूल बितरण गरि मनाइएको छ ।

महिला संघ कालीकोटको आयोजनामा जिल्ला अस्पताल कालीकोटमा उपचार गरिरहेका बिरामीहरुलाई फलफूल बितरण सहित बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस कालीकोटका सभापति हर्ष बम, नेता हिक्मत बिस्ट, सचीव यसोधा शाही, सहसचिव दमन शाही, महिला संघ केन्द्रिय सदस्य शुसिला बम, केन्द्रिय सदस्य छाया सुनार, महिला नेता धर्मा शाही लगायतका नेताहरुको सहभागिता रहेको जनाइएको छ ।