जातिय विभेदका विरुद्धमा सहभोज कार्यक्रम


मौसम कुमार
चैत्र १, दैलेख ।

दलितले पकाएको खाजा नखाने भन्दै बिद्यालयमा ताला लगाए पछि भएको बिवाद समाधान गर्न सहभोज गरीएको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको हिमालय आधारभुत विद्यालयमा दलितले पकाएको खाजा नखाने भन्दै विद्यार्थीले ताला लगाएर विवाद भएको वडा अध्यक्ष रगं तामाङ्गले जानकारी दिनुभएको छ । उत्पन्न बिबाद समाधानका लागि स्थानिय सरकारद्धारा सहभोगको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख, स्थानिय सरकारकार प्रतिनिधि र सरोकारवालाको सहभागितामा सहभोजको आयोजना गरीएको हो ।
जिल्ला समन्वय समिति संयोजक पे्रमबहादुर थापाले जातिय छुवाछुत अन्त्य र व्यवहार परिवर्तनको लागि यस्ता कार्याक्रमले थप सहयोग गर्ने विस्वास ब्यक्त गर्नुभयो । समन्वय समितिका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकहरुको वसोवास भएको ठाउँमा जातिय विभेद, छाउपडी प्रथा हुनु दुखदायी घटना भएको वताउनुभयो । नगर प्रमुख सुर्यवहादुर शाहीले वालविवाह, छाउपडी प्रथा जस्तै नगर क्षेत्रमा जातिय विभेद रोक्न समुदायले अग्रेणि भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।