
घटनासँग जोडिएको शंकामा मनिषाका मिल्ने साथि आशिष चौधरी प्रहरी नियन्त्रणमा छन्।
‘मनिषाका साथिसँग सोधपुछ र बयान लिने काम भैरहेको छ,’ बर्दघाटस्थित घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले भने ‘छिमेकीहरु र प्रहरी नियन्त्रणमा रहेका मनिषाका साथिको कुरा बुझ्दा यो घटना थप रहस्यमय बनेको छ, अनुसन्धान पछि मात्रै यथार्थ भन्न सकिन्छ।’
प्रेम र अपराध
प्रारम्भिक अनुसन्धानले यो घटनामा प्रेम सम्बन्ध पछिको तनावले अपराधको बाटो समाएको देखिन्छ। मनिषा र आशिषबीच केहीबर्षयता नजिकको सम्बन्ध थियो। आशिष नवलपरासीकै तिलकपुर गाविस–४ का युवा हुन्। आशिष विमलका सहपाठी हुन्।
‘मनिषालाई अघिल्लो दिन फोनमा धम्की आएको र त्यसपछि अपराधतर्फ घटनाक्रमहरु आकर्षित भएका देखिन्छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने ‘सबै पक्षबाट अनुसन्धान अगाडि बढेको छ, यो घटनामा अन्य पात्रहरुको पनि संलग्नताबारे बुझ्ने काम भैरहेको छ।’



Prawash Kumar Shakya । १३ जेष्ठ २०७३, बिहीबार ११:२२ बजे