दाहालले भने, ‘बजेटपछि मेरो नेतृत्वमा सरकार’


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएलगत्तै आफ्नो नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले आज, १३ जेठमा चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले बजेट लगत्तै आफ्नो नेतृत्वमा सरकार गठनका लागि ९ बुँदे सहमतिकै बेला एमालेसँग भद्र सहमति भएको खुलासा गरे ।

सरकार गठनको सहमति लिखित नभए पनि दुवै दल आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमत भएको उनको भनाई थियो ।

आफ्नो नेतृत्वमा गठन हुने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गर्दै दाहालले उक्त सरकारले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र मधेशका मुद्दा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै दाहालले स्थानीय निकायको निर्वाचन सबै दलको सहमतिमा आगामी चैतको अन्तिममा गर्दा उपयुक्त हुने पनि बताएका थिए ।

साभारः हिमालखबर अनलाइन