
११ फागुन, काठ्माण्डौं । “सिण्डिकेट र बन्द हडताल नगरौं, लगानी गरौं रोजगारी बढाऔं, आम्दानी गरौं कर तिरौं” भन्ने मूल नाराका साथ काठमाण्डौमा जारी सम्पूर्ण प्रदेशहरुमा सञ्चालित यातायात प्रा.लि.हरुको छाता संगठन सार्वजनिक यातायात केन्द्रिय महासंघको पहिलो राष्ट्रिय गोष्ठी तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सुर्खेत क्षेत्र नं २ का प्रतिनिधी सभाका सांसद नवराज रावतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कर्णाली प्रदेश यातायात कमिटिको अध्यक्षमा देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का “जुनी”लाई चयन गरेको छ ।
त्यस्तै प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा जीवनकुमार शर्मा, उपाध्यक्ष प्रकाशचन्द्र थापा सचिवमा रमेश खड्का, सह सचिवमा लोकबहादुर गुरुङ्ग, कोषाध्यक्ष दावा गुरुङ्ग र सह–कोषाध्यक्ष ओम प्रकाश तिवारी चयन हुनभएको छ ।
त्यस्तै सदस्यहरुमा कार्लमार्क्स श्रेष्ठ, टिकाराम सिंह ठकुरी, पदम वन, वीरबहादुर रावत चयन हुनुभएको छ । भने केन्द्रिय सदस्यहरुमा नयाँनन्द आचार्य र सूर्यबहादुर रावतलाई सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई आज (शनिवार) नै सपथ ग्रहण गराइएको छ ।
अधिवेशनमा साँसद रावतले यातायात क्षेत्रमा देखिएका समस्याहरुला सम्वन्धित ठाँउमा समस्याको समाधान गर्न पहल गर्ने बताउँदै उहाँले यातायात व्यावसायीहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न अनुरोध गर्नुभयो ।




Milan Shrestha । ११ फाल्गुन २०७५, शनिबार २०:१४ बजे