कोरोनाका ३ जना नयाँ संक्रमित फेला (अपडेट)


१४ बैशाख, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट आज ३ जना नयाँ संक्रमित फेला परेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षण अनुसार ३ जना नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा वीरगंजका दुबै जना ५० बर्षिय पुरुष तथा झापाका ५० बर्षिय पुरुषमा कोरोनाको संक्रमित भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । संक्रमित पुरुषहरुको हाल आइशोलेशनमा उपचारकालागि राखिएको उहाँले जानकारी दिनुभयो ।

यो संग नेपालमा कोरोना भाइरसबाट नेपालमा ५२ जना संक्रमित भएका छन् ।