७७ जिल्लामै परीक्षा सञ्चालन

चैत ८, सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहानबाट देशभर सुरु भएको छ । परीक्षमा ४ लाख, ८५ हजार, ५ सय, ८६ विद्यार्थीहरु सहभागी हुनेछन् भने परीक्षा चैत २० गते सम्म सञ्चालन हुनेछ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ भने वेदविद्याश्रमका विद्यार्थीले अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिएका छन् ।
यसबर्षको माध्यामिक शिक्षा परीक्षामा नियमिततर्फ ४ लाख, ६१ हजार, ५ सय, १५ र एक्जाम्टेडतर्फ २४ हजार, ७१ जना परीक्षार्थी सहभागी छन् ।
१० वर्षपछि नयाँ पाठ्यक्रम लागू गरी गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएकाले यो परीक्षाको महत्व बढि छ भने परीक्षामा उतिर्ण हुनेले ११ मा नयाँ पाठ्यक्रम पढ्न पाउनेछन् ।
माध्यामिक शिक्षा परीक्षा केन्द्रले लिने सम्भवतः अन्तिम परीक्षा हुने देखिन्छ । आगामी वर्षदेखि प्रदेशले नै परीक्षा सञ्चालन गर्नेछ ।
यस वर्ष देशका ७७ वटै जिल्लामा १ हजार, ९ सय, ५६ केन्द्र तोकिएको छ ।
कर्णाली प्रदेशमा ३८ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी छन् ।




Milan Shrestha । ८ चैत्र २०७४, बिहीबार ०४:२२ बजे