कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त


३ बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरि विश्वासको मत प्राप्त गर्नुभएको हो । तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता पछि बनेको सरकारमा माओवादीको भागमा कर्णालीमा मुख्यमन्त्री परेको थियो ।

एकता प्रक्रिया पुरा नहुँदै सर्वोच्य अदालतले माओवादी केन्द्र र एमाले विचको एकता अगल गरिदिएपछि मुख्यमन्त्री शाहीलाई दिएको विश्वासको मतबाट एमाले बाहिरिएको थियो ।