छलाङ लगाएर टेष्ट नेसन बन्ने मौका पाएका छौं । यस्तो मौका पटकपटक आउँदैन’ अग्रवालले भने, ‘कुनै बिलम्ब नगरी गभर्निङ बडी स्थापना गरौं ।’

११ चैत, काठमाडौं । नेपाली क्रिकेटका पूर्व र वर्तमान कप्तानले एउटै मञ्चमा उभिएर क्रिकेट संघको विवाद तत्काल समाधान गर्न अपील गरेका छन् ।
नेपालले पाएको एकदिवसीय मान्यता एउटा अवसर भएको भन्दै उनीहरुले विवाद समाधानका लागि सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
चार पूर्वकप्तान लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का र विनोद दास, हालका कप्तान पारस खड्का र क्रिकेट खेलाडी संघका अध्यक्ष मनिषराज पाण्डेले नेपाली क्रिकेटलाई अगाडि बढाउन बोर्ड वा संघ चाहिएको बताए ।
‘छलाङ लगाएर टेष्ट नेसन बन्ने मौका पाएका छौं । यस्तो मौका पटकपटक आउँदैन’ अग्रवालले भने, ‘कुनै बिलम्ब नगरी गभर्निङ बडी स्थापना गरौं ।’
कप्तान पारसले आईसीसीले दिएको गाइडलाइनअनुसार अघि बढ्न र विधान पास गरेर क्रिकेट संघको निलम्बन फुकुवा गर्नु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘अब सबैले आफ्नो अहम बिर्सिएर अघि बढ्नुपर्छ ।’
पूर्वकप्तान लेखबहादुरले खेलाडीहरुको परिश्रमले पाएको अवसर गुम्ने त होइन भन्ने चिन्ता रहेको बताए । त्यसमा सहमति जनाउँदै पूर्वकप्तान विनोद दासले भने, ‘नेपाली क्रिकेटको इतिहास भविश्यलाई लिएर चिन्तित छ ।’
नेपालमा कि स्याउ झर्दा ठिक्क मुनि हुनुपर्ने भने कि सबै अघाइसकेपछि मात्र खाने अवसर पाइने गरेको भन्दै उनले भने, ‘यसपटक फरक थाप्ने मानिसहरु पनि त्यतिकै छ र भोकाएका मानिसहरु पनि त्यति नै छन् । हाम्रो आग्रह छ, यो अवसरलाई दुरुपयोग नगरौं ।’
साभारः अनलाईन खबर ।



Milan Shrestha । ११ चैत्र २०७४, आईतवार १६:५४ बजे