सहकारी संस्थाहरु एकिकरण हुदै


सुर्खेत,१३ चैत्र ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाहरुको विभिन्न स्थानमा संचालन हुदै आएका सहकारी संस्थाहरु बिच एकिकरण हुने भएको छ ।
हालको पस्थिीतीमा सहकारी संस्थाका सदस्यहरुको आर्थिक – सामाजिक अवस्थालाई सुद्धत गर्नुका साथै सहकारी संस्थाका सदस्यहरुलाई व्यवसायीक बनाउन सहकारी संस्थाको निति–विध तथा प्रविधिको सहि सदुपयोग गरी लैजाने र सदस्यहरुको सेवा–सुविधाका स्तरलाई वृद्धी गरी समग्र वित्तिय अवस्थामा प्रभावकारी परिवर्तन गर्ने उद्देश्यका सहकारी संस्थाहरुको एकिकरण हुन लागेको हो ।

वर्तमान परिस्थीतमा हरेक सहकारीहरुलाई दिगो भरपर्र्दा र वलियो सहकारी बनाउने अभियान रहेको हुदा सहकारी अभियानलाई अन्तर्गत नै सहकारी–सहकारीहरु बिच एकताको माध्यमाबाट एकिकरण गर्दे सहकारीका सदस्यलाई गुणस्तिरीय सेवा प्रदान गर्ने उद्देश्य राखि गुर्भाकोट नगरपलिका भित्र रहेका सक्रिय ५ वटा सहकारी संस्थाहरुलाई एकिकरण गर्ने र एकिकरण पश्चात उक्त सहकारी संस्थामा रहेका एकिकृत पूजीँ परिचालनका गर्ने भएको जानकारी वैठकले दिएको छ ।
नमुना सहकारी संस्थाका अध्यक्ष दिपक कुमार थापाको संयोजक सम्पन्न कार्यक्रममा जीवनसाहारा सहकारी संस्था लि.का अध्यक्ष गोविन्द प्रसाद पौडेल, सदस्य सचिव, जनहित साकोसका अध्यक्ष नविना थापा सदस्य, जागरण महिला साकोसका सचिव मुम कुमारी सिंह सदस्य, जनसेवा साकोसका सचिव राम वहादुर शाहि सदस्य रहने गरी ५ सदस्यी कार्यदलको गठन भएको छ ।
एकिकरण पश्चात नयां संस्थाको नाम जनजीवन नमुना सहकारी संस्था लिमिटेड रहने र उक्त एकिकृत संस्थाको मुख्य कार्यालय मेहेलकुनामा रहने साथै आगामी साउनवाट कार्य संचालन गरिने जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेकका प्रबन्धक गणेशकुमार चन्दले जानकारी दिनु भयो ।
चन्दका अनुशार एकिकरण हुन लागेका सहकारी संस्थाहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था लि, गुर्भाकोट–०२, नमुना बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट–०८, जनहित बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट–१२, जीवन साहारा बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट–१० र जागरण महिला बचत तथा ऋण सहकारी संस्था लि.गुर्भाकोट–०२, सुर्खेत रहेका छन् ।