गौरीकला रोकायको हत्यारालाई कारवाहिको माग गर्दे ज्ञापन पत्र पेश ।


मिलन श्रेष्ठ
१४,चैत्र सुर्खेत ।
सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत छात्रा पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५ बावियाचौर परीक्षा केन्द्रबाट एसईई परीक्षा दिईरहेकि गौरीकला रोकायाको हत्यामा भएको भोली पल्ट हत्यामा संलग्नता रहेको आशंकामा दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरे लगतै

जिल्लामा रहि महिला तथा बाल–बालिको क्षेत्रमा कार्य गर्ने सुन्दर नेपाल संस्था, आवाज, सामुदायिक सुधार संस्था, नवज्योती केन्द्र, सुर्खैत, केड नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, वाम, मानव अधिकार, समाज जागरण केन्द्र(स्यक) नेपाल, एकता फाउन्डेशन नेपाल, सुर्खेत महिला जेसिज, केडाक नेपाल, अन्तपार्टि महिला संजाल सुर्खेत, र एकल महिला समूह गरि विभिन्न १६ वटा गैर सरकारी संस्थाले आन्तरिक मामिला तथा कानुन मन्त्रिलाई सम्बोधन गरी संयुक्त रुपमा हस्ताक्षेरित
ज्ञापन–पत्र आज(बुधवार) पेश गरेका छन् ।

माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यू
कर्णाली प्रदेश(प्रदेश नः६)लाई पेश गरिएको ज्ञापन–पत्र ।