काठमाडौं । चर्चित सर्च इन्जिन कम्पनी गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा डाँफेसहितको शुभकामना व्यक्त गरेको छ ।
उसले गुगल होमपेजमा नेपालको राष्ट्रि पन्छी डाँफे राखेर शुभकामना व्यक्त गरेको हो । गुगलले नेपाल र नेपालीका महत्वपूर्ण उत्सव तथा विपद्हरुमा सोही अनुसारका तस्बिर र बिम्ब देखिनेगरी शुभकामना वा समवेदना दिने गर्दछ । शनिबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी ९ औं गणतन्त्र दिवस मनाईंदैछ ।
गणतन्त्र दिवसकै अवसर पारेर परम्परालाई मध्यनजर गर्दै राष्ट्रपतिले केही कैदीबन्दीहरुलाई कैद माफी दिएकी छन् । त्यस्तै दिउँसो टुडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत हुँदैछ । यसैगरी गणतन्त्र दिवसकै सन्दर्भ पारेर संविधान जारी भएपछिको पहिलो बजेट संसद्मा प्रस्तुत हुँदैछ ।



Prawash Kumar Shakya । १५ जेष्ठ २०७३, शनिबार ०४:०४ बजे