
अमर कार्की
वैशाख,२ बाबियाचौर, सुर्खेत
बर्षात को उर्लने भेल जोखिमपुर्ण डुङ्गामा ओहोर दोहोर, गन्तव्यमा जानको लागि कठिन, बिरामी हुदा समयमा नै अस्पतालमा जान नपाउने, छिमेकी संग समन्वय टाढा हुनु जस्ता समस्या सहन कसलाई पो रहर हुन्छ र रु यो समस्या पश्चिम सुर्खेत को पञ्चपुरी नगरपालिका १० र ११ वडाका नागरिक को हो ।
२०७१ साल साउन २९ गते भेरी नदिमा आएको बाढीले समस्या सृजना गरेको हो । तातापानी का नागरिक लाई बाबियाचौर संग नजिक बनाएको भेरी नदिको झुलुङ्गे पुल बाढीले बगायो । करिव ३ बर्ष सम्म यहाका नागरिक ले पीडा सहेर बस्नुपर्ने बाध्यता रह्यो ।
अब यी समस्या यहाका नागरिकका हटेर जाने भएका छन । तत्कालीन सुर्खेत क्षेत्र नं ३ का माननीय सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्ट को पहलमा यस क्षेत्रमा पुलको काम योजना सुरुवात भयो । २०७२ साल बाट सुरु भएको पञ्चपुरी नगरपालिका वार्ड नं ५ र वार्ड नं १० जोड्ने भेरी नदिको पक्की पुलको निर्माणकार्य तिब्र गतिमा अघि बढेको छ । अनुक कन्ट्रक्सन प्रा लि ले ३६ करोड को लगानीमा निर्माण को जिम्मा लिएको पुलको लम्बाइ ३ सय ३५ मिटर रहेको छ
पञ्चपुरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरि प्रसाद ढकाल ले अब छिमेकी संग को सम्बन्ध भाईचारा को जस्तो हुने बताउनुभएको छ । आफु निर्बाचित हुदा नगरपालिका संग समन्वय र वडाको सेवा सजिलोसँग दिन गाह्रो भएको अनुभव सुनाउदै अब त्यो समस्या नरहने बताउनुभयो । बाबियाचौर बाट डुङ्गामा तरेर पढाउनको लागि बिद्याज्योति आधारभुत बिद्यालय कुईने जानुपर्छ कति दिन त समयमै बिद्यालय पुग्न गाह्रो भएको शिक्षिका मैनकला बि सि बताउँछिन् । चाहेपछि बिकास गर्न सकिने रहेछ, आफुले कल्पना सम्म नगरेको ठाउमा पुल बनेको मा आफु खुसी भएको स्थानीय टिकाराम ढकाल बताउँछन् ।

नदिमा पुल नभएको कारण दैनिक उपभोग्य सामान समेत महङ्गो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको पञ्चपुरी वडा नं १० का ब्यापारी तथा वडा सदस्य बेदराज भण्डारी बताउँछन् । सुत्केरी, बिरामी हरु समयमै अस्पताल मा पुर्याउन समेत समस्या हुने गरेको छ । पुलको काम तिब्रता का साथ सुरु भएको देखेर स्थानीय नागरिक हरुले आफ्ना सुखका दिन हरु सुरु भएको अनुभुति गर्न थालेका छन । बैशाख १५ गतेसम्म पैदल यात्री ओहोर दोहोर गर्न सकिने र कार्तिक सम्म पुलको उद्घाटन गरिने निर्माण कम्पनी ले जनाएको छ ।



Milan Shrestha । २ बैशाख २०७५, आईतवार १६:१७ बजे