सफल सहकारी संस्थाको पाँचौं साधारण सभा सम्पन्न(फोटो फिचर सहित)


कार्यक्रम उद्घाटन गर्दे कार्यक्रमका सभापती, प्रमुख अथिती, बिशेष अथिती एवंम् अथितीहरु ।

मिलन श्रेष्ठ
पुस,सुर्खेत । “एकका लागी सबै र सबैका लागी एक भन्ने”मूल नाराका साथ सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड भेरीगंगा नगरपालिका वडा नं.९ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सम्मानित सदस्यलाई दुधको क्यान हस्तान्तरण गर्दै ।

संस्थाका अध्यक्ष्य श्री निलम बि.क.को अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका बिशेष अतिथि एवंम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश बचत संघको अध्यक्ष श्री यज्ञ प्रसाद ढकालले देश विकासका लागि सहकारी महत्वपूर्ण क्षेत्र भएको कुरा बताउनु भयो । सरकारले लिएको ३ खम्बे अर्थ निति मध्य पनि सहकारी अझै महत्वपूर्ण भएको कुरामा जोड दिनुभयो । महिलाहरुले संचालन गरेको सहकारीले सहकारीको उद्देश्य अनुसारको काम गरेकोमा धन्यबाद ज्ञापन गर्नु भयको थियो ।

सम्मानित सदस्यलाई क्यारेट हस्तान्तरण गर्दै ।

सभाका विशिष्ट अतिथि एवंम् हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्माले हेफरले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याउने कुरा ब्यक्त गर्नु भएको कार्यक्रममा सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदम बहादुर दलामी, भेरीगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पदम खत्री, वडा नं.९ का वडा सदस्य गोपाल ददेल, प्राइम बहुउद्देश्यीय सहकारी संस्था जहरे शाखाका संयोजक गणेश प्रशाद शर्मा लगाएको उपस्थिति रहेको थियो ।
सभाका प्रमुख अथिति एवंम् भेरीगंगा नगरपालिकाका प्रमुख श्री भूपेन्द्र बहादुर चन्दले सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव रहेको कुरा बताउनु भयो । महिलाहरु ब्यवहारमा इमान्दार र आफ्नो काममा प्रतिबद्ध हुने भएको कारण महिलाहरुले गठन गरेको सहकारीले आफ्नो उद्देश्य पुरा गर्ने र समाज बिकासमा महत्वपूर्ण भुमिका खेल्ने कुरामा जोड दिनु गनुका साथै स्थानिय सरकार प्रमुखको हैसियतले महिला सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

सम्मानित उत्कृष्ट कर्मचारी ।

साधारण सभामा सहकारीका अध्यक्ष निलम बि.क ले सहकारीको प्रगति प्रतिबेदन पेश गर्नु भएको भने सहकारीका कोषाध्यक्ष बिन्दु डाङ्गी ले आर्थिक बर्ष २०७५÷०७६ सालको रु.१ करोड ३८ लाख ६५ हजार २ सय ९६ रुपैया बराबरको आय ब्यय भएको प्रतिबेदन पेश गर्नु भएको थियो यसै गरी लेखा समिति सदस्य सरिता चन्द बि.कले लेखा प्रतिबेदन पेश गर्नु भएको थियो । सभामा यस बर्ष सहकारी सदस्यहरु मध्यबाट सबै भन्दा धेरै खसि बिक्री बितरण ४ जना, सहकारी सुपथ मुल्य पसल बाट नियमित र धेरै कारोबार गर्ने ४ जना, सहकारी मार्फत तरकारी बिक्रि बितरण गर्ने ३ जना, सहकारी मार्फत दुध बिक्रि गर्ने ९ जना गरी १९ जना शेयर सदस्य महिला दिदीबहिनहिरुलाई सहकारीले १ वटा दुध बोक्ने क्यान प्रदान गरेको थियो भने यस बर्ष नियमीत बचतकर्ता तर्फ १ जना र उत्कृष्ट कर्जाको कारोवार गर्ने १ जनालाई क्यारेड प्रदान गरिएको थियो भने उत्कृष्ट कार्य गरे वापत सहकारीका संस्थाका ब्यवस्थापक सीता महर लाई समेत सम्मान गरिएको परियोजनाका संयोजक पदमबहादुर दलामीले जानकारी दिनु भयो ।

साधारण सभामा नृत्य प्रस्तुत गर्दे कलाकार बहिनीहरु ।