स्मार्टफोन कम्पनी श्याओमीले आफ्नो नयाँ स्मार्टफोन नेपालमा भित्र्याएको छ। नेपालका श्याओमीको आधिकारिक विक्रेता कम्पनी वत्सल इम्पेक्स प्रा.लिले श्याओमी रेडमी Note 3 बजारमा ल्याएको हो।
फोनलाई आजदेखि आलाइन माफर्त बुकिङ गर्न सकिने छ। साथै आजदेखि बुधबारसम्म बुकिङ गरेमा फोनका साथ ब्याक कभर र टेम्पर्ड ग्लास निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
फोनमा ५.५ इन्च फुल एचडी डिस्प्ले छ। १.८ जीएचजेड स्न्यापड्र्यागन प्रोसेसर भएको यस फोनमा २ जीबी र्याम छ।
फोनको इन्टरनल मेमोरी १६ जीबी छ भने १२८ जीबीसम्मको मेमोरी कार्ड यसमा प्रयोग गर्न सकिन्छ।
फोटोका लागि अगाडि ५ र पछाडि १६ मेगापीक्सेलको क्यामरा छ। पावरका लागि ४०५० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ।
यसमा फिङ्गरप्रिन्ट सेन्सर, मेटल बडी जस्ता अन्य विशेषता छन्।
रेड्मी Note 3 को मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। आजबाट बुकिङ सुरु गरिएका फोन विहिबारदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ। रेड्मी Note 3 गोल्ड र सिल्भर रङ्मा उपलब्ध छ।
साभारः सेतोपाटी अनलाइन



Milan Shrestha । २० बैशाख २०७३, सोमबार १७:३८ बजे