खुर्सानीको धुलो हालेर एक लाख लुटियो


अनलाइन सम्वाददाता
सुर्खेत, १५ चैत ।
वीरेन्द्रनगरको व्यस्त शहरमा सोमबार दिउसो लुटपाट भएको छ । प्रभु बैंकबाट रकम निकालेर आउँदै गर्दा बाटोमा लुटेराले खुर्सानीको धुलो हालेर एक लाख २५ हजार लुटेका हुन् ।

स्थायी ठेगाना बर्दिया बाँसगढी नगरपालिका ठेगाना भएकी पार्वती बुढा क्षेत्रीले बैंकबाट निकालेर ल्याएको रकम लुटिएको हो ।

बैंकबाट कोठा तर्फजाँदै गरेकी बुढालाइ लुटेराले वीरेन्द्रनगर ६ कृषि विकास बैंक पछाडी निजकैको बाटोमा आँखामा खुर्सानीको धुलो हालेर नगद लुटेको नगर प्रहरी कार्यालय प्रहरी निरिक्षक रुक बहादुर खड्काले जानकारी दिएका छन् ।

यसबारे थप अनुसन्धान जारी रहेको नगर प्रहरी कार्यालयका प्रमुख खड्काको भनाइ छ ।