अपराधिक गतिबिधीमा नलाग्न आग्रहः खेम बहादुर सिंह


६ जेठ सुर्खेत । कालिकोट जिल्लामा भइरहेका बिभिन्न अपराधिक गतिबिधीहरुलाइ बढवा नदिन र सबैलाई सम्यमित हुन मुख्यमन्त्रीका स्वकिय प्रमुख सचिव खेमबहादुर सिंहले आग्रह गर्नुभएको छ ।

प्रमुख स्वकिय सचिव सिंहले कालीकोटमा जन प्रतिनिधीहरुलाइ हतोत्साहित पार्ने र राज्यको जिम्मेवार पदमा रहेका ब्यक्तिलाइ जोडेर घटनालाई अतिरन्जित पार्दै झन अपराध बढाउने खालका कृयाकलापहरु नगर्न र सबैलाइ सम्यमितहुन आग्रह गर्नुभएको हो ।

उहाँले फेसबुक स्टाटसमा ‘कालिकोटमा दिनप्रतिदिन जनप्रतिनिधि माथी हस्तक्षेप हुनु निन्दनीय छ ।आफू गल्ती गर्ने माननीय मुख्यमन्त्री ज्युलाई जोड्ने र नाराबाजी गर्ने अर्को अपराधीक काम हो ।’ लेख्नुभएको छ ।

मुख्यमन्त्रीले घटनालाइ साम्य पार्नको लागी पिडित पक्षले दिएको जाहेरी नलिन प्रहरी लाइ अनुरोध गरे पनि सम्बन्धित पक्षलाइ पार्टीले कारबाही गरिसकेपछी स्वत मुद्दा दर्ता भएको यस्मा कसैको पनि दोस नभएको र अनुसन्धान प्रकृया जारी रहेको दोषिलाइ कारबाही हुने कुरा मा सबैले बिश्वास गर्न पनि हामीलाइ मौखिकरुपमा जानकारी गराउनु भएको प्रमुख स्वकिय सचिव सिंहले भन्नुभयो ।