पाँचवटा निर्णय गर्दै प्रदेश सरकार मन्त्रीपरिषद बैठक सम्पन्न


बैसाख १५, सुर्खेत

कर्णाली प्रदेश सरकारको आज सम्पन्न मन्त्रीपरिषद वैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरीषद बैठकले आन्तरीक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सेवा र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा प्रदेश सभामा पेश गर्न केही परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्पन्न बैठकले कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ तर्जुमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने र प्रादेशिक सहकारी ऐन २०७५ तर्जुमा गर्नका लागि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।