गणेशजल लघुवित्त कार्यक्रम को शुभारम्भ


news

सुर्खेत, १ साउन ।
गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि. विरेन्द्रनगर सुर्खेतले आइतबार एक कार्यक्रममा बिच गणेशजल लघुवित्त कार्यक्रमको शुभारम्भ गरेको छ । २०६$ जेष्ठ ७ गते डिभिजन कार्यालय सुर्खेतमा दर्ता भई बचत तथा ऋणको कारोवार गदै आइरहेको गणेशजलले वीरेन्द्रनगर जुम्ला रोडबाट सदस्यलाई बचत तथा ऋणका साथै रेमिट्यान्स सुविधा पनि उपलव्ध गराउँदै आइरहेको संस्थाका अध्यक्ष प्रेमकुमार विसीले जानकारी दिए । साथै यस संस्थाका सदस्यहरुको सुविधालाई मध्यनजर गरी अनलाईन मोवाइल बैकिङ्ग र बैकिङ्ग सफ्टवेयर मार्फत सदस्यले आवश्यकता अनुसार सुविधा जानकारी प्राप्त गर्ने सक्ने छन् ।

अध्यक्ष विसीले लघुवित्त कार्यक्रमलाई प्रभावकारी तरिकाले सदस्य केन्द्रित गराउन कसरत गरिरहेको र यस संस्थाका सदस्यलाई उत्पादन मुलक आय आर्जनमा गणेशजल सहयोगी बन्ने धारणा व्यक्त गर्दै अध्यक्ष विसीले अव सदस्यलाई ऋण थुपार्नेभन्दा पनि सेवा दिनुपर्नेमा जोड दिए । साथै संस्थाले छिट्टै कृषक सदस्यलाई मध्येनजर गरी कृर्षि कार्यक्रम संचालनको तयारीमा संचालक समिति जुटेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर विसीले लघुवित्त कार्यक्रम सम्वन्धि चेतना नभएका कारण समस्या देखिन आएकाले कार्यक्रम वारे सदस्यलाई प्रष्ट तरिकाले बुझाएर मात्र कार्य गर्न आग्रह गरे । एक फरक प्रसंगमा अमृत विसीले म आफू पनि यस गणेशजल को प्रमुख सल्लाहकार भएकाले सदस्यले ढुक्कसंग कारोवार गर्न विश्वास गर्न आग्रह गरेका छन् । शान्तिनगर गणेशजल महिला विकास केन्द्र नं. ३ मा भएको कार्यक्रमा विभिन्न महिला समूहहरु सहभागि भएको संस्थाका सचिव अशोक राजीले सहजिकरण गरेका थिए