बुलबुले उद्यानमा मोटे ग्याङ्ग नेपालले राख्यो फोहोर जम्मा गर्ने रिङ्ग (भिडियो सहित)


३० माघ, सुर्खेत । सामाजिक सञ्जालको चर्चित समूह मोटे ग्याङ्ग नेपाल सुर्खेतले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको पर्यटकिय स्थल बुलबुले उद्यानमा फोहोरलाई एकत्रित गरेर राख्नकोलागि सिमेन्टको रिङ्ग राखेको छ ।

समूहका एडमिन कुमार सम्सेर थापाका अनुसार बुलबुले उद्यान भित्र छरिएका फोहरहरुलाई एकत्रित गर्नकालागि रिङ्गको भाडो राखिएको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो अनुरोधमा समाजसेवी बखत शाहीले १० थान सिमेन्टको रिङ्ग सहयोग गर्नुभयो भने त्यसलाई रंगरोगन गर्नकालागि बुद्ध सप्लायर्सले सहयोग गर्नुभयो उहाँहरुलाई हामी समूहको तर्फबाट धन्यवाद व्यक्त गर्दछौं ।”