रनिङ शिल्डको तयारी अन्तिम


कृष्णराज धमाला
चैत्र १७, सुर्खेत ।

जिल्ला खेलकुद बिकास समिति कालीकोटले यहि चैत्र २७ बाट सुरुहुने विद्यालय स्तरिय राष्ट्रपति रनिङ सिल्डको तयारी अन्तिम चरणमा पुगेको छ ।
समितिका उपाध्यक्ष तथा रााष्ट्रय खेलाडी जीवन शाहीले दिएको जानकारी अनुसार यसको सबै तयारी पुरा भइसकेको छ, स्थानियवासीहरु पनि सक्रिय र खुसीछन् । रास्कोटमा सञ्चालन हुने राष्ट्रपति रनिंग शिल्डले नयाँ इतिहाँस रच्ने छ, यसमा हामी लागिरहेका छौं शाहीले भन्नुभयो ।

सुन्दर नगरी रास्कोट नगरपालिकाको बडिमालिका उच्च माबिमा सम्पन्न हुने उक्त प्रतियोगितामा जिल्लाका अधिकांस माबिहरु सहभागी हुने र खेलकुदको माध्यमबाट विद्यार्थीहरुमा शारिरिक बिकास तथा अनुसासनले भबिष्यमा केही गर्ने प्रेरणाको जग शुरु हुने खेलाडी खेमराज गिरिले बताउनुभयो ।

करिब ४ दिन सम्म चल्ने प्रतियोगितामा बाहिरबाट सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई खान, बस्नको लागि उचित ब्यबस्थापन, औषधि उपचार लगाएतका सेवाका लागि राष्कोट युवा संजालले संयोजन गरिरहेको छ भने उचित आथित्यता र सुरक्षाका लागिपनि सतर्कता का बिधिहरु तयार गरिएको छ ।

खेल मैदान, खानेपानी, सरसफाई लगाएतका सम्पूर्ण ब्यबस्था भइसकेको कुरा आयोजक बिद्यालयका सहायक प्राचार्य प्रमोद शाहीले जानकारी दिनुभएको छ ।