
बैशाख २४,सुर्खेत ।
यूएसए.आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्धन कार्यक्रम(पहल) को वित्तिय सेवा अन्तर्गत साविकको नेटा गाविस वडा नं.०३ खलटाकुरा हाल लेकवेशी नगरपालिका वडा नं.०५को खलटाकुरामा संचालित २६ पलस १ दिने वित्तिय साक्षरता कक्षा समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै समाज उत्थान कृषि तथा पशुपालन सहकारी संस्थाका प्रबन्धक झविलाल तिवारीले पहल परियोजना संग सम्झौता गरि कार्य गरे देखि सहकारीमा ठुलो परिवर्तन भएको बताए । तिवारीका अनुशार हामीलाई सहकारीको स बाहेक केहि पनि थाहा थिएन तर पहल कार्यक्रम आए देखि सहकारीको चार खाता देखि लिएर विभिन्न निती बनाएर सोहि निती अन्तगत रहेर हाल सकारी संचालन गरिरहेका छौं , जसले गर्दा सहकारी संचालनमा सहजता ल्याएको छ । उनका अनुशार, गाऊ–स्तरमा रहेको विभिन्न समुहमा २६ दिने वित्तिय साक्षरता कक्षा संचालनले गर्दा उक्त क्षेत्रमा वसोवास गर्ने स्थानियहरुलाई वित्तिय साक्षरताको बारेमा जानकारी हुनुका साथै सहकारीको सदस्यतामा बृद्धि भएको बताए ।
यसै गरी पहल कार्यक्रमका कार्यक्रम संयोजक सौरभ कर्माचार्यले, सन् २०१४ देखि संचालन भएको पहल परियोजना सुर्खेत जिल्लाका साविकका ६ वटा गावसिहरुः लेखपराजुल, नेटा, रजेना, रानिवास, काफलकोट र धारापानी गरी हाल ६ वटा गाविसहरुमा कार्य गर्दे आईरहेको र उक्त परियोजना सन् २०१९ सम्म संचालनमा रहने बताए ।

साविकको नेटा गाविस वडा नं.०३ खलटाकुरा हाल लेकवेशी नरपालीका वडा नं.५ खलटाकुरामा संचालित २६ पलस १ दिने वित्तिय साक्षरता कक्षामा उज्जवल कृषक समुहका २४ जना महिला र १ जना पुरुष गरी जम्मा २५ जना सहभागीहरु अध्ययनरत थिए ।



Milan Shrestha । २४ बैशाख २०७५, सोमबार ०८:०१ बजे