
मिलन श्रेष्ठ
बैशाख,२४ सुर्खेत ।
बिहान ७ बजे सुर्खेत देखि कालिकोटका लागी छुटेको मध्यपश्चिमाञ्चल जिप, टेम्पो तथा ट्याक्सी यातायात व्यवसायी संघको भे.१.ज. ७८० नम्बरको जिप दूर्घटना ग्रस्त भएको छ ।
सोमबार(आज) बिहान ९ जना यात्रु बोकेर कालिकोटका लागी छुटेकोमध्यपश्चिमाञ्चल जिप, टेम्पो तथा ट्याक्सी यातायात व्यवसायी संघको उक्त जिप बिहान करिब १०ः५२ बजे ब्रेक फेल भएर दैलेख जिल्लाको सियाकोट देखि १ सय ५० मिटर तल्लो ढुगेश्वरतर्फको भित्ताको ठोकिएर सडकमा पल्टदा दूर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका सई तेजबहादुर साउदले जानकारी दिनुभयो । साउदका अनुशार दूर्घटनामा परि जिप चालक दिपक बि.क. र खाँडाचक्र नगरपालिका–७ कालीकोटका ३५ वर्षीय असरा सहकारी महतरा गम्भिर घाईते भएका छन् भने थप यात्रुलाई सामान्य चोट लागेको छ ।

बिहान १०ः५२ बजे दूर्घटनामा परि गम्भिर घाईते र अन्य यात्रु गरी ९ जनालाई सुर्खेको यरिचौकमा रहेको सुर्खेत अस्पताल प्रा.लि.मा उपचार भईरहेको मध्यपश्चिमाञ्चल जिप, टेम्पो तथा ट्याक्सी यातायात व्यवसायी संघका सहायक इन्चार्ज श्रवणकुमार श्रेष्ठले जानकारी दिए ।



Milan Shrestha । २४ बैशाख २०७५, सोमबार ०८:४६ बजे