कालीकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


कालीकोट, ८ वैशाख ।
कालीकोटको मान्ममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।
सुर्खेत-जुम्ला सडकखण्डको कालीकोटको मान्म एकस्थित सुनार खोलामा आइतवार विहान भे १ त ४४७५ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टर चालक २८ वर्षीय अमर विष्टको घटनास्थलमै ज्यान गएको कालीकोट प्रहरीले जनाएको छ ।
घाइते भएका सबै सडकमा काम गर्ने मजदुर रहेको र उनीहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।