कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट आज बाट सुरु


फोटोः सन्तोष श्रेष्ठ

जेठ ३, सुर्खेत । बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग KPL क्रिकेट खेल आजबाट शुरुभएको छ ।

लिगमा शिर्ष खेलाडी सहित १० समूहले भाग लिएको आयोजक ले जनाएको छ ।

फोटोः सन्तोष श्रेष्ठ

खेलमा लिगकम नकआउटका आधारमा हुने र विजेताले ३ लाख उपविजेताले १ लाख ५० हजार राशी पुरस्कार जित्ने छन् ।

लिगको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले अहिले युवा पुस्ताका माझमा क्रिकेट खेल लोकप्रिय रहेको रहेको र कर्णाली प्रदेशमा पनि प्रदेश स्तरिय खेल हुनु गौरबको विषय भएको बताउनुभयो ।

त्यस्तै उद्घाटन समारोहमा समाजिक विकास मन्त्री दल रावलले क्रिकेट खेललाई प्रत्येक बर्ष जारी राख्न आग्रह गर्दै आफुले  सक्दो सहयोग गर्ने बताउनुभयो ।

लिगमा शक्ति गौचनले रूपन्देही–११, सुवेन्दु पाण्डेले मध्यपश्चिम क्रिकेट क्लब, विनोद भण्डारीले त्रिभुवन आर्मी क्लब, प्रदीप ऐरीले महाकाली क्रिकेट क्लब, राजन शेरचनले टीकापुर क्रिकेट क्लब, विवश गिरीले रोयल राइजिङ क्रिकेट क्लब, लोकेन्द्र बिकले भेरीगंगा स्पोर्ट्स क्लब, सञ्जय बस्नेतले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, रवीन्द्रजंग शाहीले एबीसी क्लब  तथा भुवन कार्कीले धनगढी क्रिकेट एकेडमीमा कप्तानी समाल्हने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ पाउने बताइएको छ । त्यस्तै म्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।