झुप्राको बाढीले ट्याक्टर बगायो


सुर्खेत, २० जेठ ।
वर्षा पछि सुर्खेतको झुप्रा खोलामा आएको बाढिले बालुवा लोड गर्न गएको ट्याक्टर बगाएको छ । वालुवा लोड गरिरहेको वेला एक्कासी आएको वाढीले भे १ त ६२६२ नम्बरको ट्याटर वगाएको प्रहरीले जनाएको छ । ट्याक्टरको ट्रली केही टाढा वालुवामा गडेको देखिएपनि इन्जिन भने भेटिएको छैन ।

वाढी आएपछि वालुवा लोड गरिहेका कामदारहरुले भागेर ज्यान जोगाएका छन । हराएको ट्याक्टरको इन्जिनको खोजी भैइरहेको सुब्बाकुना प्रहरी चौकीका इन्चार्ज दलबहादुर पुनले बताउनु भयो ।

साभारः राराखबर अनलाइन