
१२ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण दोश्रो चरणमा तिब्रगतीमा फैलंदै गर्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न जनचेतनामुलक कार्यक्रमको शुरुवात गरेको छ ।
प्रहरी कार्यालयले “तपाईको मास्क खै” नामक सचेतना कार्यक्रम संचालन गरेको हो ।
वीरेन्द्रनगर मुख्य प्रवेश नाका सुब्बाकुनामा कार्यालय प्रमुख प्रहरी उरीक्षक राजेन्द्र भट्टको समूहले सार्वजनिक सवारीसाधनहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको अनुगमन गर्दै संक्रमणको जोखिम अझ बढी हुने भएकोले यात्रा भन्दा अगाडी र यात्रा समाप्ती पश्चात सवारी साधन निसंक्रमण गर्ने ,यात्रुहरु एवं चालकले अनिबार्य रुपमा मास्कको प्रयोग गर्ने ,सवारी साधनको ढोकामा स्यानिटाईजर राखी यात्रुहरुलाई प्रयोग गर्न लगाउने यात्राको क्रममा झ्यालको सिसाहरु खुल्ला राख्ने ,बाटोमा यात्रुहरु नचढाउने लगायतका सन्देशहरु सहित तपाईको मास्क खैं भन्ने सहितको सचेतनामुलक कार्यक्रम शुरु गरेको छ ।




Prawash Kumar Shakya । १२ बैशाख २०७८, आईतवार १५:४५ बजे