पत्रकार गीता थापा र मानसिंह खड्काको शिरै लाउनी शिरफुल बजारमा


काठमाडौं – पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा बिकृती भित्रीएको भन्ने जनगुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत शिरै लाउनी शिरफुल मेरो बजारमा आएको छ ।

भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक के.सी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ ।

पछिल्लो समय गायक सँगै म्युजिक भिडियो निर्देशनमा पनि जमेका मानसिंह खड्काकोे निर्देशन रहेको गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य देख्न सकिन्छ । गीत म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

सुर्खेत स्थायी घर भएकी पत्रकार थापाका यसअघि पनि केही गीत बजारमा आएका छन् । पहिलो गीत मात्र तिम्रो कारण र दोस्रोे गीत पूर्व अनि पश्चिम हुनाले लगायतका गीत बजारमा छन् । जुन गीत मध्य र सुदुरपश्चिममा अत्याधिक रुचाईएको थियो ।

पत्रकारिता सँगै गायन क्षेत्रमा पनि आफूलाई स्थापित बनाउन खोजिरहेकी थापालाई सफलता मिलोस नौलो न्युजको तर्फबाट शुभकामना । पत्रकार थापा राजधानी स्थीत क्यापिटल एफ.एममा कार्यरत छिन्

साभारः गंगामाला न्यूज ।