चट्टयाङ लागेर १३ जना घाइते, २ को अवस्था गम्भीर


११ जेठ, डडेल्धुरा ।

जिल्लाको भित्री प्रदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६, छेलाका २ वटा घरमा बिहीबार साँझ परेका चट्टयाङ लागेर १३ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

पानी र हावाहुरीसँगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवी धामी, २५ वर्षीय मायादेवी धामी १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते ६ जनाको अवस्था समान्य रहेको भए पनि बेलादेवी धामी र मायादेवि धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । गम्भीर घाइते दुई जनालाई एम्बुलेन्समार्फत जोगबुडा अस्पतालमा ल्याइएको उनले बताए ।

यस्तै परशुराम नगरपालिका ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए । अनलाइनखबरबाट